भैँसीपालनमा भविष्य खोज्दै रामसुहावन

  • मङगलबार २६ जेठ २०८३ ०७:२२ AM
बाँके । बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वा गाउँका रामसुहावन यादवको दिनको सुरुआत गोठमा बाँधिएका भैँसीको सुस्केरा र पाडापाडीको आवाजबाट हुन्छ । हाल उनको गोठमा सानाठूला गरी करिब एक सय ५० भैँसी र पाडापाडी छन् । यादव बाँके जिल्लाकै मिहिनेती भैँसीपालक किसान बनेका छन् । भैँसीको हेरचाहदेखि दूध सङ्कलन र व्यवस्थापनसम्ममा उनका छोराछोरी, बुहारी र नातिनातिनासमेत सक्रिय