धरान, २६ जेठ । भोजपुरको अरुण गाउँपालिकामा जन्मिनुभएका हिमाल गन्धर्व पुर्ख्यौली पेसा र गन्धर्व समुदायको मौलिक संस्कृति जोगाउन सारङ्गी वादन तथा गायनमा सक्रिय हुनुहुन्छ । उहाँ विगत डेढ दशकदेखि विभिन्न स्थानमा पुगेर आफ्नो पेसा संरक्षणका लागि सारङ्गी रेट्दै लोकगीत गुनगुनाउनुहुन्छ । सोमबार साँझपख भेडेटारमा भेटिनुभएका गन्धर्वले भन्नुभयो,“मेरा लागि यो मनोरञ्जनको माध्यम मात्र नभइ जीवनका भोगाइ,