काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रस्टीकरण दिएका छन् । मंगलवार मन्त्रीपरिषद्को निर्णय सुनाउने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताअनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने जानकारी दिएका हुन् । यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उनले विपक्षीसँग प्रधानमन्त्रीलाई