काठमाडौं : सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीको बचाउ गरेका छन् । मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सुनाउने क्रममा सरकारका प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् ।सरकारका प्रवक्तालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका विषयमा सोधेको प्रश्नको जवाफ दिंदै अर्थमन्त्रीले राम्रो बजेट ल्याएको र त्यसमा आफूहरुको पूर्ण समर्थन रहेको बताए । प्रवक्ता पोखरेलले भने, ‘कुनै चलखेल भएको छैन, अर्थमन्त