विशाल भण्डारीको अध्भ्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन

  • मङगलबार २६ जेठ २०८३ ०१:०१ PM
काठमाडौं : सरकारले विशाल भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।यसअघिका तदर्थ समिति अध्यक्ष विनोदकुमार शर्माले राजीनामा बुझाएका थिए । भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन् ।यस्तै मन्त्रिपरिषद बैठकले पूर्वगृहमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानब