काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवद्र्धनको दशक’का रूपमा मनाउने घोषणा गरेका छन् । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४ औँ अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सम्मेलनमा आज सम्बोधन गर्दै उनले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकाङ्क्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रमबजार निर्माण गर्ने १० वर्षे कार्य योजना