काठमाडौं । संघीय शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूले सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत आफ्ना माग सम्बोधन नगरेको भन्दै आज (मंगलबार) माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सम्मानजनक तलब वृद्धि, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा कोष, सेवा निरन्तरता तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गरेका छन् । अंग्रेजी, गणित र विज्ञान विषय