दर्ता नै नगरी पसल सञ्चालन, अनिवार्य मूल्यसूची राख्न निर्देशन

  • मङगलबार २६ जेठ २०८३ १२:०६ PM
नुवाकोट : वजारमा गुणस्तरहिन वस्तुको विक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा छड्के वजार अनुगमन गरिएको छ । अनुमगमनका क्रममा दर्ता नै नगरी पसल व्यवसाय सञ्चालन गरिएको पाइएको छ ।संयुक्त वजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिका–९ कोलोनी बजारमा रहेको विभिन्न प्रकृतिका १६ वटा पसलहरुको एकै पटक सोमवार छड्के अनुगमन गरेको हो । होलसेल तथा खुद्रा सामग्री पसल,  किराना पसल, तरकारी तथा मासु पसल, मार्टको अनुगमन गरेको हो । एकै दिन १६ वटा विभिन्न पसल व्यवसाय तथा कपडा र फर्निचर कारखानामा अनुगमन गर