किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

  • मङगलबार २६ जेठ २०८३ ०६:१५ AM
दाङ- पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । २६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए । गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखाबाट छ लाख र