एजेन्सी । दक्षिण अफ्रिकामा बढ्दो आप्रवासी विरोधी भावना र असुरक्षाका कारण घाना सरकारले आफ्ना नागरिकको दोस्रो समूहलाई स्वदेश फर्काएको छ । ३४० जना घानाली नागरिकहरूलाई विशेष उद्धार गरी स्वदेश ल्याइएको हो । अक्रा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका नागरिकहरूलाई स्वागत गर्दै घानाका विदेश मन्त्री स्यामुएल ओकुदजेटो अब्लाक्वाले उनीहरूको पुनःस्थापनाका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त