पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फछ्र्यौट गर्ने लक्ष्य 

काठमाडौँ - विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुदद असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताए । उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरु पनि असारमसान्तसम्म ५० प्रतिशत फछ्र्यौट गरिसक्ने कार्ययोजना रहेको बताए ।