कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा, हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

 काठमाडौँ - अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज ९बिहीबार० दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।