आजको शेयर बजार बढ्यो : नेप्से १८६०.२० बिन्दुमा, १ अर्ब ३४ करोडको सेयर कारोबार

काठमाण्डौँ - साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ९.८७ अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ०.५३ प्रतिशतले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

गत कारोबार दिन १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रूपैयाँ पुगेको छ । यस दिन २९२ वटा धितोपत्रको ४४ लाख २० हजार ५१८ कित्ता सेयर किनबेच भएको हो ।

बिहीबार बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४८ रूपैयाँ ५० पैसा पुगेको छ । थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य ८.५८ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३८१ रूपैयाँ १० पैसा कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ८.२० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५१५ रूपैयाँमा झरेको छ।