धनकुटामा एकै परिवारका ३ जनाको शव फेला

काठमाडौँ - धनकुटामा एकै परिवारका तीनजनाको शव फेला परेको छ ।

धनकुटा नगरपािलका(१ निगालेका ३५ वर्षका टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षकी भीमा गुरुङ र १० वर्षका छोरा आयुष घरमै मृत फेला परेका हुन् । ६ वर्षकी छोरी भने सकुशल छिन् ।

घरायसी झगडाका कारण टिकारामले श्रीमती भीमा र छोरा आयुषको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको छ ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।