काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले हालै भारतको भ्रमण गरेका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणमा लामिछानेले सोमदेखि भारतको पाँच दिने भ्रमण गरेका थिए । सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा पनि भ्रमणमा थिए । भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरूका साथै