आजको प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ - आज हुन सक्ने सम्भावित दुर्घटनालाइ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि ब्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौं उपत्यकाको सडकमा परिचालन भएका छन् ।

नियमित जस्तो हुने गरेको माइतीघरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा जारी गरेपछि युवा संघले तीनकुने र प्रसाईं नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दैछन् ।