सुनको मूल्य तोलाको एक लाख ६० हजार नजिक, हालसम्मकै उच्च  

काठमाडौँ । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन तोलामा चार सय रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज प्रतितोला १ लाख ५९ हजार दुई सय रहेको छ । यो हालसम्मकै सर्वाधिक उच्च मूल्य हो । आज सुन तोलामा चार सय रुपैयाँ वृद्धि भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने यथावत रहेको छ । चाँदीका मूल्य आज १ हजार ९ सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।