'सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन' : योगेश भट्टराई

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् । 

मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भएपनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उनको भनाई थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए । 

उनले शिक्षामा लगानी गर्ने कुरा बार्षिक रुपमा घट्दै जानु बिडम्वनाको विषयमा भएको समेत स्पष्ट पार्नुभयो ।सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको सुभारम्भ गर्न पनि सरकारलाई सचेत गराए ।