प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले चीनको हाङ्झाउमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका हुन् ।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि ‌प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।