प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने बारे दलहरूबीच जुट्यो सहमति, के-के भयो सहमती ? 

काठमाडौँ - बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ ।  सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुटिसकेको र हस्ताक्षर गर्ने तयारी भइरहेको ती नेताले बाह्रखरीलाई जानकारी दिए ।  “आजको बैठक चल्छ । सहमति पत्र एकछिनमा सार्वजनिक हुनेछ,” उनले भने ।