माओवादी अध्यक्ष प्रचण्डद्धारा तनहुँ आबुखैरेनी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवंम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तनहुँको आँबुखैरेनीस्थित बस दुर्घटनालाई लिएर दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ऐनापहाराबाट  मस्र्याङदी नदीमा यात्रुबाहक बस  खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले थप मानवीय क्षति हुन नदिन घाइतेहरुको शीघ्र उद्वार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण  गर्दै दाहालले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह समेत गरेका छन् ।