मेक्सिकोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

काठमाण्डौँ - मेक्सिकोमा भेनेजुएलाका आप्रवासीहरु बोकेको बस ट्रेलर ट्रकसँग ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।
मेक्सिोको प्युबला र ओक्साका राज्य जोड्ने राजमार्गमा भएको दुर्घटनामा आप्रवासीहरुको ज्यान गएको हो । दुर्घटनाग्रस्त बसमा ३६ जना रहेको र अन्य यात्रीहरुलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्युबला प्रान्तीय सरकारले जनाएको छ ।

मृतकहरु भेनेजुएलाका आप्रवासी भएको पत्ता लागे पछि उनीहरु कता जाँदैथिए भन्ने यकिन नभएको पनि मेक्सिकोका अधिकारीहरुले बताएका छन् ।
गत साता पनि उत्तरी मेक्सिकोमा आप्रवासीहरुको बोकेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । जर्जर सडकका कारण दुर्घटना बारम्बार भईरहने गर्दछ ।