प्रधानमन्त्री दाहाल इटालीको रोममा

काठमाडाैँ -   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन्।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ७ः३० मा त्यहाँ पुगेका हुन्।