राजनीतिक आवरणमा अपराधीलाई उन्मुक्ति दिने विधेयक खारेज गर्न शेखर कोइरालाको माग

काठमाडौँ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केही नेपाल कानून संशोधन गर्न बनेको विधेयकमा राजनीतिक आवरणमा अपराधिलाई उन्मुक्ति दिन राखिएको प्रावधान हटाउन माग गरेका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले संसदमा पेश गरेको राजनीतिक दलका नाममा गरिएका अपराधलाई छुट दिने प्रकृतिको विधेयक तत्काल खारेज गर्न माग गरेका हुन् ।