सेयर बजारमा हरियाली, ६३.२४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ - साताको कारोबारको पहिलो दिन अाज सेयर बजार बढेको छ। नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४१ अंकले बढेर ४२४.९३ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।