चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन काठमाडौंमा

काठमाडौँ - चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युन नेपाल आएका छन् । उनी तीन दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आएका हुन् ।

उनी श्रीलंकाको भ्रमण सकेर नेपाल आएका हुन्। युआन चीनको चर्चित, ठूलो र शक्तिशाली सहरहरु मध्येको एक छोङछिङ सहरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका हुन् ।