राष्ट्रिय धान दिवस मनाउन अध्यक्ष ओली  चितवन जाने

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यहि असार १५ गते चितवन जाने भएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा चितवनमा हुने एक विशेष कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली चितवन जाने भएका हुन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले सबैलाई चितवन आउन आग्रह समेत गरेका छन् ।