दाङ । दाङको लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ना५ख ९३३६ नम्बरको रोकिराखेको ट्रकको पछाडिको भागमा लु१२प ९८४० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी करिब ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ