परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतका रक्षा सचिव जोन हिली तथा भेटेरान्स एवं नागरिक रक्षा मन्त्री लुइस स्यान्डर-जोन्सबीच सोमबार भर्चुअल बैठक गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा मुख्यरूपमा बेलायती गोर्खाहरूको समान पेन्सनसहितका विषयमा छलफल भएको छ। नेपाल-ब्रिटेन सम्बन्धमा गोर्खाहरूको महत्त्वलाई उजागर गर्दै मन्त्री खनालले बेलायती गोर्खाहरूका गुनासोहरूलाई यथाशीघ्र आपसी सहमतिमा समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले