कांग्रेसले मुद्धा किनारा नलागेसम्म गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा - नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने बताएको छ ।

सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्धा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको हो ।

तर मुख्यमन्त्रीको विश्वासको मतमा असन्तुष्टि जनाउँदै कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट हेर्दा हेर्दैमा रहेको छ ।