प्रतिनिधिसभा बैठक जारी

काठमाडौँ - प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

जारी बैठकमा गत शुक्रबार पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पनि छलफल हुनेछ ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०र८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी छ ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।