बारा-२, चितवन-२ र तनहुँ-१ मा मतदान सुरु

 काठमाडौँ - बारा २, चितवन २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको जनाएको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
चितवनको निर्वाचन क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदैछ । यहाँ एक लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् । चितवनमा एमालेका रामप्रसाद न्यौपाने, कांग्रेसका जितनारायण श्रेष्ठ, रास्वपाका लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन् । 

तनहुँ क्षेत्र नं १ मा एक सय ५२  मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार शान्तिपूर्णरूपमा मतदान सुरु भएको छ । तनहुँमा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका डा। स्वर्णिम वाग्लेलगायत प्रतिस्पर्धी चुनावी मैदानमा छन् ।