रवि, स्वर्णिम, उपेन्द्र, रमेश र रामप्रसादले आफैँलाई भोट दिन नपाउने

 कठमाडौँ - आज भइरहेको तीन जिल्लाको तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि उम्मेदवारले आफूलाई मत दिन पाउने छैनन् ।

तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा स्वर्णिम वाग्ले बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडेका छन् । उनले आफैँले भने मत खसाल्ने छैनन् । उनको मतदाता नामावली काठमाडौंमा छ । त्यसैगरी सो पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछाने र अर्का उम्मेदवार बारा २ का रमेश खरेल पनि बिहान ७ बजेदेखि मतदान स्थलतीर घुमफीरमा छन् । उनीहरूको पनि मतदाता नामावली काठमाडौंमा छ ।