३ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन : अहिले बिहान ७ बजेबाट मतदान सुरु हुँदै 

 काठमाण्डौँ - विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभाका ३ वटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।

बारा निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि पनि उनी निर्वाचित भएको सांसद पद रिक्त हुँदा त्यहाँ उपनिर्वाचन गराउनुपर्ने परिस्थिति बनेको हो । तनहुँ एकबाट चुनिएका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सांसद पद खाली हुँदा त्यहाँ उपनिर्वाचन हुन लागेको हो । 

त्यस्तै नागरिकता सम्बन्धी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनस् नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने लगायतका आदेश सर्वोच्च अदालतले दिएपछि सांसद पद खाली हुन पुगकेो चितवनमा फेरी निर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।

निर्वाचन आयोगले उपनिर्वाचनमा निधक्क भई मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ ।