राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार,कहिले फर्कँदैछन् नेपाल ?   

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ । भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुँदै आएको हो ।

पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपाल फर्कने बारे भने निर्णय भएको छैन् ।