'बारा-२ को मतदानमा प्रहरी प्रशासनबाट नै धाँधली भयो' : एमाले उम्मेदवार पौडेल

बारा - बारा- २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका वुथहरुमा प्रहरीका सई र असइ नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् ।