गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघ्यो

 काठमाण्डौँ - गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ । 
गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन्’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो ।