प्रेमिकाको हत्या आरोपमा प्रेमी पक्राउ

काठमाडौँ । प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलन गरी सुमना श्रेष्ठको हत्या आरोपमा धरान उपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्या गरिएकी श्रेष्ठ र हत्या आरोपी भुजेलबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानका क्रममा देखिएको प्रहरी उपरीक्षक बिपिन रेग्मीले  जानकारी दिए ।

गत पुसदेखि श्रेष्ठसँग सम्बन्ध बिग्रिएपछि आरोपी भुजेलले योजनाबद्ध रूपमा श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रउ रेग्मीले पत्रकार सम्मेलनमा बताए।

प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरीसमेत सार्वजनिक गरेको छ। यही चैत ६ गते राति हत्या गरी धरान–१८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको खोल्सामा फालिएको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो।