यातायात कार्यालयका ३ उपसचिवलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद

काठमाडौं - भ्रष्टाचारी ठहर भएका यातायात कार्यालय इटहरीका ३ उपसचिवलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ ।

यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोषी ठहर गरेको थियो ।