सरकारमा जाने /नजाने बारेमा निर्णय लिँदै लोसपा

काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)को आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न कार्यकारिणी समितिको बैठक बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा मुख्यतः बारा-२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए।

लोसपाले बारा-२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्नेवारेमा पनि बैठकमा छलफल हुनेछ।