लेबनानमा आर्थिक संकट विरूद्ध प्रदर्शन

एजेन्सी - मध्यपूर्वी मुलुक लेबनान पनि आर्थिक संकट गहिरिंदै गएको छ ।

बैंकमा राखेको निक्षेप पनि फिर्ता लिन नपाउने अवस्था आएको भन्दै सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिएका हुन् । अवकाश प्राप्त कर्मचारी र सुरक्षाकर्मीहरु नै बैंकले रकम फिर्ता नदिएको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन । राजधानी बेरुतमा बुधबार भएको प्रदर्शनमा झडप समेत भएको छ ।

प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेर ढुंगामुढा गर्दै सरकारी मूख्यालयतर्फ अघि बढेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेका थिए । पछिल्ला दिनहरुमा लेबनानी पाउण्डको मूल्य अमेरिकी डलरको तुलनामा ९८ प्रतिशतले अवमूल्यन भएको छ ।