परराष्ट्रमन्त्री भोलि चीन  भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि (आइतबार) चीनको भ्रमणमा जाने भएका छन्।

चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीनको औपचारीक भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा उनले बेइजिङ र अन्य प्रान्तमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ।

परराष्ट्रमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किने छन्।