थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्दार

काठमाडौँ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्दार गरिएको छ । लामो समयदेखि  थाइल्याण्ड र म्यानमारकोसीमानजिक म्यावड्डीमा अलपत्र १३ जनाको उद्धार गरी नेपाल स्वदेश ल्याइएको हो ।

दूतावासले थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा नेपालीको उद्धार गरेको  शुक्रबार जारी विज्ञप्तिमा उ्रल्लेख गरिएको छ ।

नेपाल एअरलाइन्सको जहाजबाट नेपाल पठाएको बैंककस्थित दूतावासले जनाएको छ।

‘१३ नेपाली नागरिकहरुलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाई थाइ–म्यान्मार सीमा पार गराई थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइ यात्रामार्फत बैंकक हुँदै आजै नेपाल एयरलाइन्सको उडान नं RA 402 बाट काठमाडौं पठाइएको छ’,  नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।