बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वी नाका हुँदै नेपाल भ्रमणमा

काठमाडौँ । बंगलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वी नाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आएका छन् ।

काठमाडौँमा शनिबारैदेखि आयोजना हुने नेपाल र बंगलादेशबीच मन्त्रिस्तरीय वार्तामा सहभागी हुन बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।

नेपाल आउनुअघि उनले भुटानको फुन्चोलिङस्थित नवनिर्मित सुक्खा बन्दरगाहको पनि अवलोकन गरेको बताइएको छ ।

मन्त्री चौधरीको नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधिमण्डललाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, बन्दरगाहकी प्रमुख सुवेदी, काठमाडौंस्थित बंगलादेशको दूतावासका उपप्रमुख इसरात जहानलगायत अधिकारीले स्वागत गरेका छन् ।