आज देशका विभिन्न राजमार्गमा अवरोध, चार स्थानमा यातायात अवरुद्ध

  • मङगलबार २६ जेठ २०८३ ०२:१६ AM
देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौं, भोजपुर, पाँचथर, काभ्रेपलाञ्चोक र मकवानपुरका सडक खण्डहरूमा यातायात आंशिक तथा पूर्ण रूपमा प्रभावित बनेको छ।