६ महिनामा १७ वटा एम्बुलेन्स आयात

काठमाडौँ - भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा  चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १७ वटा एम्बुलेन्स र शव वाहन   भित्रिएका छन् ।

 यी एम्बुलेन्स र शव वाहन आयात गर्दा २ करोड २९ करोड ८४ लाख रुपैयाँ बाहिरिएको छ । नेपाल भित्रिएका सबै एम्बुलेन्स र शव वाहन भारतबाट आयात भएको तथ्यांक देखिन्छ ।

 यस्तै, गत आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा विदेशबाट ७ वटा एम्बुलेन्स र शव वाहन भित्रिएका थिए । यी एम्बुलेन्स र शव वाहन आयात गर्दा १ करोड ५५ लाख ४७ हजार रुपैयाँ बाहिरिएको थियो । गत वर्ष पनि सबै एम्बुलेन्स र शव वाहन भारतबाटै भित्रिएका थिए ।