आजको विनिमय दर : अमेरिकी डलरमा वृद्धि हुँदा युरोपियन युरोको मूल्य घट्यो

काठमाडौँ - बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको थियो।

यता, युरोपियन युरोको मूल्य भने घटेको छ। युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रूपैयाँ २७ पैसा काटम भएको छ।  बुधबार  युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ८८ पैसा रहेको थियो।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ २३ पैसा र बिक्रीमा ९० रूपैयाँ६४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०२ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८१ पैसा र विक्रीमा १० रुपैयाँ ८५ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।