आत्मनिर्भर लघुवित्तको आईपीओमा आजदेखि सबैले आवेदन दिन पाईने

काठमाण्डौँ - आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर आईपीओमा आज फागुन ११ गतेदेखि आवेदन दिन पाइने छ । 

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँड समेत भइसकेको छ भने, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । ।

यस आईपीओमा आयोजना लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा फागुन ११ गतेदेपख फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।