राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ - राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने भएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन कार्यतालिका अनुसार आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने छ ।

यस्तै भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।