जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।

बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको थियो । महाधिवेशनलाई कसरी सफल बनाउने र नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने विषयमा हिजो छलफल भएको हो ।

जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गतेका लागि सुनिश्चित भएको पार्टीले जनाएको छ ।